२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

डडेल्धुरा प्रहरीले ३ बर्षको अवधिमा गर्यो १ सय ८१ रोपनीको गाजाँ नष्टः हरौं तीन बर्षमा जि.प्र.का डडेल्धुराले गरेका गतिविधिहरु

डडेल्धुराः जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन बर्षको अवधिमा १ सय ८१ रोपनीमा भएको हरियो गाजाँ बोट नष्ट गरेकोछ । डडेल्धुराका सात पालिकामा प्रहरीले अभियान चालेर गाजाँ नष्ट गरेको हो । यस्तै ३ बर्षको अवधिमा अवैध मदिरा उत्पाक १६ हजार ८ सय ७८ लाई कारवाहि गरेकोछ । भारतबाट महाकाली नदिमा ट्युब लगाई पास गरी लुकाई छिपाई भन्सार छलिका सामान रु १,३४,२४० बराबरको बरामद गरिएकोछ । अबैध बालुवा गिट्टी चोरी गर्ने १०१ वटा सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित स्थानिय पालिकामा बुझाई जस्मा रु ८५,५४० राजश्व संकलन गरेकोछ ।
हराउनेको संख्या बढदो क्रममाः
आ.ब.२०७८।२०७९ हराएका ५९ जना, फेला परेका ५९ जना रहेका छन् , २०७९।२०८० हराएका ९६ जना, फेला परेका ९६ जना फेला परेका छन् भने आ.ब. २०८०।२०८१ हराएका ११४ जना, फेला परेका ११० जना, बाँकी ४ जना फेला पर्न सकेका छैनन् ।
हिंसा सम्बन्धी परेका उजुरी- 
आ.ब. २०७८।२०७९ परेको उजुरी ६४ वटा, मिलापत्र ६३ वटा, १ सम्मानित जिल्ला अदालत गएको ।आ.ब. २०७९।२०८० परेको उजुरी १२० वटा, मिलापत्र १०५ वटा, १५ सम्मानित जिल्ला अदालत र पालिका गएको । आ.ब. २०८०।२०८१ परेको उजुरी ६० वटा, मिलापत्र ५२ वटा, ८ सम्मानित जिल्ला अदालत र पालिका गएको जिल्ला प्रहरि कार्यालय डडेल्धुराको प्रतिवेदनमा उल्लेख गरिएकोछ ।

पुर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोलाः

वार्षिक प्रगति समिक्षा कार्यक्रम २०८१-2

#dadldhurapolice #Gajanews 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।