२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

१६५ सन्तानका अविवाहित बुवा, जो सही जीवनसाथीको खोजीमा छन्

काठमाडौंः अमेरिकाको न्युयोर्कस्थित ब्रूकलीन काउन्टीमा बस्ने ४८ वर्षीय एरी नागेलका विश्वभर १६५ सन्तान छन् । नागेल पेशाले गणितका प्राध्यापक हुन्, उनी शुक्राणु दाताको रूपमा काम गर्छन् । उनले अहिलेसम्म अमेरिका, युरोप, एसिया र अफ्रिकालगायत विभिन्न देशमा गरी धेरै महिलालाई शुक्रकीट दान गरिसकेका छन् । यसै कारणले उनलाई ‘स्पर्मिनेटर’को ट्याग पनि दिइएको छ ।
नागेलको १६५औं बच्चा फादर्स डे भन्दा चार दिन अघि जुन १२ मा जन्मिएको थियो ।

उनले म ५० वर्ष पुगेपछि शुक्रकीट दान गर्न बन्द गरिदिने बताउँछन् । ५० वर्षपछि शुक्राणु दान गर्दा त्यसबाट जन्मिएका बच्चामा अटिजम जस्ता गम्भीर मानसिक रोगको जोखिममा पर्नसक्ने उनको भनाइ छ । न्युयोर्क पोस्टका अनुसार नागेलका ५६ सन्तान न्युयोर्कमा, २० जना न्यु जर्सी र १३ जना कनेक्टिकटमा छन् ।

यसबाहेक उनले क्यानडा, जिम्बाब्वे, लङ आइल्याण्ड र इजरायलमा पनि उनका सन्तान छन् । साथै, १० केसहरू छन् जसमा महिलाहरू हाल गर्भवती छन्, र जुलाई(अगस्टको बीचमा बच्चालाई जन्म दिनेछन् । नागेलले हरेक हप्ता एकदुई जना महिलालाई शुक्रकीट दान गर्छन् । जो महिलाहरू बच्चा नजन्मिएर धेरै क्लिनिक र अस्पतालहरूसँग सम्पर्क राख्छन् ।

विशेष कुरा के छ भने नेगल आफ्ना १०० भन्दा बढी बालबालिकाको सम्पर्कमा छन् । उनी फादर्स डेमा आफ्नो पहिलो र ३३औं बच्चासँग बहामासमा समय बिताइरहेका छन् । शुक्राणु दानबाट जन्मिएको उनीहरूको पहिलो छोरा अहिले २० वर्षको छ, जसको नाम टायलर हो ।

नागेल भन्छन्, ‘कहिलेकाहीँ बच्चाकी आमाले मलाई उनीसँग सम्पर्क नगर्न आग्रह गर्छिन् तर, म यो विकल्प सधैं उनको लागि खुला राख्छु ।’नागेलले ३४ जना बच्चालाई अहिलेसम्म भेटेका छैनन् । नागेलको किंग्सबरो कार्यालयको भित्ताहरू उनका छोराछोरीको फोटोले ढाकिएको छ । नागेल अझै विवाहित छैनन् र सही जीवन साथीको खोजीमा छन् । १६५ सन्तान भएका कारण कहिलेकाहीँ महिलाहरू आफूसँग सम्बन्ध राख्न डराउने गरेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।