डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुरा जिल्ला सदरमुकामा नजिकै टुडिखेलमा दुई करोड लागतमा कर्वड हलको निमार्ण कार्य अन्तिम चरणमा पुगेकोछ । सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम द्धारा कर्वड हलका लागि २ करोड १२ लाख विनियोजन भएकोमा टेन्डर मार्फत काम भएको हो । १ करोड ८५ लाखमा सदर भएको टेन्डर निमार्ण कम्पनीले समयमै कार्य सम्पन्न गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बर बहादुर थापाले खबरदारी न्युजलाई बताएका छन् । अबको केहि दिनमै कर्वड हल संञ्चालनमा आउने थापाले बताए । अब खेडाडिहरुले झेल्दै आएको समस्यामा कमी आउने उनको भनाई रहेकोछ । अब हलमा सबै खाले ईनडोर खेलहरु खेल्नु सकिनेछ । प्रयास खेलका लागि भलिबल पनि हलमा खेल्नु सकिने थापको भनाई रहेकोछ ।
यो हल संञ्चालनमा आउदा खेलाडिहरुमा उत्साह जागेकोछ ।
प्रबन्ध निर्देशक
Views: 219