डडेल्धुराः आज साउन १५ देशभरमा खिर खाने प्रचलन रहेकोछ । यस्तै डडेल्धुरामा रहेको वर्ल्डलिंक कम्युनिकेसन्सले पनि खीर खुवाएर साउन प्रन्ध मनाएकोछ । डडेल्धुरामा रहेको उग्रतारा उग्रतार वेद विद्याश्र्रमका बटुकहरुलाई खिर खुवाएर साउन पन्ध्र मनाएको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड डडेल्धुराका डडेल्धुरा यूनिट इन्चार्ज नरेन्द्र बिष्टले बताएका छन् । विद्याश्र्रममा ४२ जना लाई खीर सहित फलफुल वितरण गरेको बिष्टको भनाई छ ।
समाज प्रति उत्तरदायित्व देखाउने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरेको बिष्टको भनाई रहेकोछ । डडेल्धुरामा यस कार्यालयको शाखाको रुपमा डडेल्धुरा शाखा स्थापना भएको १० बर्ष भएकोछ ।
कार्यक्रममा वटुकहरु, गुरु, वल्र्ड लिङकका कर्मचारिहरुको सहभागिता रहेको थियो । यसका सेवाग्राहिलाइ हाल इन्टरनेट र नेट टि भी सहित को सुबिधा दिदै आइरहेको छ भने अमरगढी नगर पालिका भित्रको सबै क्षेत्र मा एफ टि टि एच सेवा पुगिसकेको बताउनु भयो ।
हेरौं तस्विरहरुः
#worldlink #Dadeldhura