डडेल्धुराः शनिबार डडेल्धुराका विभिन्न क्षेत्रमा ९ घन्टा विद्युत अवरुद्ध हुने भएकोछ । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले जारी गरेको सूचनामा बागबजार तथा चमडा फिडरबाट आपूर्ति हुने खलंगा तथा बागबजार क्षेत्र, चमडा, भद्रपुर, भुल्कुडा, विप्लम, लामीकाडे लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
अमरगढी नगरपालिका वडा नम्बर ५ किल्ला नजिक मर्मत र लाइन विस्तारको कार्य हुने भएकोले सेवा अवरुद्ध हुने वितरण केन्द्रले जानकारी दिएको छ । तोकिएको समयभन्दा अगाडि नै काम सकिए सोहीअनुसार सेवा अगाडि नै सुचारु हुने पनि केन्द्रले जनाएको छ ।
हेरौं केन्द्रले प्रकासित गरेको सुचनाः




Views: 1,125

























