२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

कुलमान घिसिङसँग प्रधानमन्त्री ओली असन्तुष्ट ।

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आम मानिसले चिन्ने नाम हो। चार वर्षअघि प्राधिकरणको निर्देशक भएपछि उनले दैनिक १८ घण्टासम्म हुदै आएको लोडसेडिङ शून्यमा झारे। त्यसपछि सर्वसाधारणले उनलाई ‘उज्यालो’को पर्यायका रुपमा लिने गर्छन्। तर उनको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ। उनलाई प्राधिकरणका पुनः नियुक्त गरिनुपर्छ भन्ने आवाज सर्वधारणका तर्फबाट चर्को रुपमा उठ्न थालेको छ। पछिल्ला दिनहरुमा सेलिब्रेटीहरुले नै योजनाबद्ध रुपमा उनको पुनः नियुक्ति हुनुपर्छ भन्दै लबिङ गरिरहेका छन्।

सामाजिक सञ्जाल घिसिङको समर्थनमा रंगिएको छ। तर उनलाई नियुक्ति गर्ने सरकार अझ विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन उनीप्रति सकारात्मक छैनन्। एउटा राम्रो कामको आवरणले अरु कमजोरी ढाकछोप गरेको भन्दै उनीप्रति प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट छन्। प्राधिकरकणमा सिइयो नियुक्तिबारे प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री पुनबीच सामान्य छलफल सुरु भए पनि निष्कर्ष भने ननिस्केको बालुवाटार स्रोतको दाबी छ। प्रचण्डले घिसिङलाई नै निरन्तरता दिन चाहे पनि ओली र मन्त्री पुन सकारात्मक नभएकाले उनको सम्भावना कम रहेको विश्वस्त स्रोतको दाबी छ।

विद्युतमा लगानी गरेका निजी क्षेत्रसमेत घिसिङलाई निरन्तरता दिन नहुने भन्दै लबिङ गरिरहेका छन्। स्रोतका अनुसार छलफलका क्रममा ओलीले घिसिङमाथि बुँदागत रुपमै असन्तुष्टि जनाएका छन्। घिसिङले ओलीलाई भेट्न चाहे पनि अहिलेसम्म समय दिएका छैनन्।(  साभार देश संचार )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।