अमरगढी किल्लामा राखियो नया मुर्ति
डडेल्धुराः सुदुरपश्चिमको पहाडि सिात जिल्लाको केन्द्रमा रहेको अमगढी किल्लामा पुराना हातहतिरहरु भने गायव भएका छन् । अमरगढी नगरपालिका ५ खलंगामा अवस्थित ऐतिहासिक अमरगढी किल्ला पछिल्लो समयमा संरक्षण अभावमा जीर्ण बन्दै गएकोछ ।
समुद्री सतहबाट करिब ६ हजार ५०० फिट उचाइमा अवस्थित अमरगढी किल्ला बडाकाजी अमरसिंह थापाले राज्य विस्तार गर्ने क्रममा किल्लाको स्थापना गरेका थिए । अमरगढी किल्लालाई ढुङ्गे किल्लाका नामले पनि चिनिन्छ । किल्लाको स्वरुप हेर्ने हो भने यहाँ ठुला ठुला ढुङगा प्रयोग गरिएकोछ । यो कलात्मक रहेकोछ । पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो ।
एकीकरणको अभियान बेला विस १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच युद्ध भयो । डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए । तिनै अमरसिंहले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएको इतिहासमा पढ्न पाइन्छ ।
त्यसैले यो अमरगढी किल्लाको रुपमा परिचित छ । १९४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो । काँकडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको बताइन्छ । यो किल्ला विशाल ढुङ्गाले कलात्मक तरिकाले बनाइएको छ । किल्लाभित्र युद्ध गर्नको लागि २२ वटा गुफाहरु बनाइएको छ ।
कहाँ गए पुराना हतियार ?
स्थानीयका अनुसार सुदूरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार भने गायब भएका छन् । ‘पहिले सानो छँदा किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोला लगायतका हातहतियारहरु देखेको थिए तर अहिले ती हतियारहरु देखिँदैनन् ।’ अमरगढी किल्लामा बसेको गोरख दलका सेना सरुवा भएर जाँदा पुराना हतियार पनि आफूसँगै लगेको स्थानीयको आशंका छ । ‘त्यसबेला किल्लामा गोर्खादल नामको तत्कालीन शाही सेना बस्ने गरेका थिए,’ स्थानीय ६५ वर्षीय उमा श्रेष्ठले भनिन्, ‘पछि उनीहरुले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदा सँगै लगेर गए ।’
त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार नल्याएको समेत श्रेष्ठको भनाइ छ । पहिले किल्लामा पाँचवटा तोप, दर्जनौं घरेलु हतियार, एक सय जती बन्दुक, बम र गोला बारुद बनाउने छट्टै घर, सैनिक पोशाक लगायतका सामाग्रीहरु थिए । तर अहिले किल्ला हेर्न आउने पर्यटकले ती कुनै पनि देख्न पाउँदैनन् ।
नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी रहेको विज्ञहरूको भनाइ छ । अमरगढी र सिन्धुलीस्थित सिन्धुलीगढीलाई मात्र हालसम्म जीवित किल्लाको रुपमा लिइन्छ । ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रुपमा छ । डडेल्धुरा आउने पर्यटकको पहिलो गन्तव्य नै उक्त किल्ला बन्ने गरेको छ । किल्ला हेर्न आउने सर्वसाधारणबाट प्रवेश शुल्क लिने गरेकोछ ।
तर किल्लालाई थप व्यवस्थित गर्न नसकेका कारण यहाँ आउने पर्यटकको संख्यामा कमी आएको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरु बताउँछन् । समुद्री सतहबाट छ हजार ५ सय फिटको उचाइमा रहेको अमरगढी किल्ला सुरक्षार्थ नेपाली सेना त कहिले सशत्र प्रहरी बल हुदै अहिले नगरपालिकाले आफ्नो मातहतमा लिएकोछ ।
अमरगढी किल्ला बाहेक उग्रतारा मन्दिर, घटालथान, अजयमेरुकोट लगायतका क्षेत्र पनि पर्यटकीय गन्तव्य हुन् । यी क्षेत्रको प्रवद्र्धन गर्नसके पर्यटकलाई थप अकर्षित गर्न सकिने देखिन्छ ।
जीर्ण बन्दै किल्ला, नयाँ संरचनामा छैन कलात्मक सैली-
अमरगढी किल्ला संरक्षणको अभावले जीर्ण बन्दै भएको छ । प्राचिन समयमा बनेका कलात्मक शैलीको किल्ला जिर्ण बन्दै गएकोछ भने उता नयाँ बन्ने संरचनाहरुले किल्लाको ईतिहास नै जोखिममा पर्ने डर रहेकोछ । पछिल्लो समयमा किल्ला संरक्षणका नाममा बन्ने नयाँ संरचनाहरुमा आधुनिकता ल्याईएकोछ , पहिलो ढङगामा मासको गारो लागाईन्थ्यो भने अहिले सिमेन्ट प्रयोग भएकोछ , पहिला पत्थर लागाईएको थियो भने अहिले टायल मार्मवल लगाईएकोछ । यस्तै किल्ला भित्र बनेका नयाँ भवनहरु पनि नयाँ किसिमका छन् ती भवन भने बनेको दुई बर्ष नवित्दै भत्कने , चुहिने अवस्थाका रहेका छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका यसै अमरगढी किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको थियो । नगरपालिका स्थापना पश्चात २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहत ल्याएको थियो ।
तर, २०५८ सालमा तत्कालीन जनयुद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्लामा पुनः नेपाली सेना बसेको थियो । युद्धकालमा अमरगढी किल्ला क्षेत्रमा हिँडडुल गर्नसमेत प्रतिवन्ध लगाइएको थियो ।
२०५८ सालदेखि २०६६ सालसम्म किल्ला सेनाकै मातहतमा थियो । स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुसदेखि पुनः किल्लालाई अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्न थाल्यो । त्यसपछि पर्यटकलाई प्रवेश खुला गराइए पनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वीकृति दिइएको थियो । पुरानो गुफा भत्किने अवस्थामा छ । किल्लाको प्रचारप्रसार तथा ऐतिहासिक हातहतियार तथा तत्कालीन सैनिकका पोशाक किल्लामा राख्नु जरुरी रहेको स्थानीय नरेशबहादुर थापाको भनाइ छ । ‘ती पुराना हातहतियार कहाँ छन ? कसैलाई थाहा छैन,’ थापा भन्छन्, ‘यसमा पुरात्व विभाग तथा स्थानीय सरकारले चासो देखाउनु पर्छ ।’ यस किल्लालाई संरक्षण गरेर सबै ठाउँमा प्रचारप्रसार गरेर पर्यटकहरु भित्र्याउन सकिने उनको भनाइ छ ।
किन हटाईयो त ? पुरानो मुर्तिः
किल्लामा यसअघि भएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ पूर्णकदको सालिक राखिएको नगर प्रमुख डिल्लिराज जोशीले जोशीले बताए। नेपाल आर्मि डडेल्धुराको सहयोगमा पुरानो मुर्ति हटाएर नया मुर्ति राखिएको हो । पहिला आधा शरिर मात्र भएको सालिक थियो भने अहिले पुर्ण शरीर भएको सालिक देख्नु सकिन्छ ।