२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

अजयमेरुका सहिद परिवारलाई दराज र फ्रिज सहित सम्मान

डडेलधुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले शहीद परिवारलाई सम्मान गरेको हो । गाउँपालिकाले आइतबार आयोजना गरेको गत आर्थिक वर्ष २०८०।८१ को ‘वार्षिक सार्वजनिक सुनुवाइ’ कार्यक्रममा पालिकाका चार सहिद परिवारलाई सम्मान गरेको हो।

गाउँपालिकाले शहीद जयराज भट्ट, गौतम बोहरा, मानबहादुर पाल र जितसिंह ठगुन्नाका परिवारलाई सम्मान गरेको पालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।

उनका अनुसार सम्मान स्वरूप गाउँपालिकाले शहीद परिवारलाई एक—एक थान दराज र फ्रिज प्रदान गरेको छ। शहीद परिवारका सदस्यलाई गाउँपालिकाले उपाध्यक्ष बसन्ती पालले सम्मानपत्र दिँदै दोसल्ला ओढाएकी थिइन्।

पालिकाले हरेक वर्ष यहाँका शहीद परिवारलाई सम्मान गर्दै आएको छ।

 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।