२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

बस दुर्घटना, ६ जना घाइते

कैलालीः कैलालीमा बस र टिप्पर ठोक्किदा ६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–४ मा रा १ ख २७३३ नम्बरको टिप्पर र ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहिबार दुर्घटनामा परी बसमा सवार ६ जना घाइते भएका छन् । घाईते हुनेमा बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहरा, गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, कैलारीकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की बर्ष २९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन चौधरी र एक जना भारतिय नागरिक ३२ वर्षीय सुरेश निगम जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

घाइते सबैको घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चालक चन्द्र बोहरा बाहेक अन्यको अवस्था सामान्य रहेको डिएसपी बोहराले बताए ।

#दुर्घटना 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।