डडेल्धुराः डडेल्धुरामा पत्रकारहरुले निरन्तर कलम चलाउदै आएका छन् । सामाजिक कुरुती, भ्रष्टार बिरुद्द होस या सकारात्मक कार्यको प्रचारप्रसारका लागि निरन्त कलम चलाउने पत्रकाहरु माथि नै अहिले सामाजिक संञ्जालमा अपशब्द प्रयोग गर्नेहरु बढेका छन् । हिजो मात्र डडेल्धुरामा संञ्चालित सिमाना न्युजमा नवदुर्गामा इन्जिनियर बोहराको घुस आतंक शिर्षकमा समाचार प्रकासित भएको थियो सोहि बिषयलाई लिएर सामाजिक संञ्जालका स्यालहरुले अहिले सामाजिक संञ्जालमा डडेल्धुराका पत्रकार माथि अपशब्द प्रयोग गरिरहेका छन् । उक्त पोष्ट माथि पत्रकार महासंघको आपत्ति रहेकोछ । यस अघि पनि यस्तै हर्कत गर्ने एक जनालाई पत्रकार महासंघ डडेल्धुराले कानुनी उपचार गरेको थियो ।
यसरि समाचार लेखेकै भरमा सामाजिक संञ्जालमा भ्रम तथा अपशब्दहरु लेख्ने र बोल्ने माथि महासंघले कानुनी उपचार गराउनु जरुरी देखिन्छ ।



के थियो त समाचार:
नवदुर्गामा इन्जिनियर बोहराको घुस आतंक ! – Simana News
#डडेल्धुरा #पत्रकार

























