२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

मकै पछिको अन्नबालीको राजा कोदो र यसको महत्व : टीका अबिरल

टीका अबिरल – कोदो विश्वको एक प्रमुख अन्नबाली हो । यसको उत्पत्ति अर्फिकि महादेशको ईथियोपिया भन्ने देशमा भएको हो । नेपालमा पहाडी क्षेत्रमा कोदोलाई मकै पछिको दोर्सो बालि मानिन्छ । यसको खेति नेपालको पहाड र तराई दुबै क्षेत्रमा गरिन्छ ।

सुख्खा तथा चिस्यान कमहुने माटोमा यो बाली राम्रोसँग सप्रने हुनाले यो बालिलाई नेपालको पहाडी भेगमा प्रमुख बालीमध्ये एक मानिन्छ ।कोदो खेतिजुनसुकै माटोमागर्न सकिने भएतापनि पानी नजम्ने र बलौटे दोमट माटोे यसको लागि उपयुक्त मानिन्छ ।

यो बाली अम्लिय माटोदेखि धेरै नुनिलो र रातो माटोमापनि राम्रो फस्टाउन्छ। यसको खेतिको लागि पि।एच ४।५ देखि ५।५ भएको माटो उपयुक्त हुन्छ । यसको उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ ।

कोदोलाई गर्मी तथा समशितोष्ण हावा पानि चाहिने भएपनि यसको खेति तराई देखि ७००० फिट अग्लो पहाडसम्म गर्न सकिन्छ । बोट वृद्धिको लागि बढि तापक्रम चाहिन्छ भने यसका लागि औसत अधिक्त मतापक्रम २७ डिग्री सेल्सियस र न्युनतमतापक्रम १८ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ ।

सामान्यतमा मकै बालीभित्र धुसुवाबालीका रुपमा कादो लगाईने भएकाले मकै भित्र कोदालीले माटो पल्टाएर झारपात सफा गरेपछि कादोको बेर्ना रोप्ने प्रचलन छ तर एकलबालीको रुपमा कोदो खेतिगर्न हलो वा टयाक्टरले एक दुई पटक राम्ररी जोते पछि डल्ला फोरेर झारपात हटाएर जमिनको तयारी गर्नुपर्दछ भने कादो खेतिकालागि माटोलाई मसिनो बनाउनु नै उपयुक्त हुन्छ ।

कोदो खेतिगरिने जमिनमा पानीजम्ने अवस्था आउन नदिन पानीको निकासको राम्रो प्रबन्ध मिलाउनु पर्दछ अनिबल्ल कोदो खेतिगर्नको लागिबारी तयार हुन्छ । कोदो खेतिगर्दा लाईनको दुरी २०(२५ सेन्टिमिटर तथाबोटको दुरी ८(१० सेन्टिमिटर हुनुपर्दछ। लाईनमा छर्दा बीउ ३(४ सेन्टिमिटर गहिरो हुनुपर्दछ।

बेर्ना सारेर खेतिगर्दा ४ किलोग्राम बीउ एक हेक्टरको लागिपुग्ने गरि बेर्ना उमार्न पुग्छ तर साधारण तय एक हेक्टरको लागि ८(१० किलोग्रामबीउ चाहिन्छ , बीउ सबै ठाउँमा एकनास हुने गरि छरिदिने र माथिबाट १(२ सेन्टिमिटर बाक्लो गरि माटोले छोपी त्यसलाई थराल, तितेपाती वा असुरो आदिले छोपी चराचुरुङ्गीबाट बचाउनु पर्दछ ।

कोदोको राम्रो वृद्धि र विकासको लागि मलखादको पनि आवश्यक पर्दछ । विशेषगरी कोदो खेतिगर्दा प्रयोग गर्नुपर्ने मलखादको मात्रालगाउने जात, माटोको प्रकार र बालीलगाउने तरिका आदि कुराहरुमानिर्भर गर्दछ । त्यसैले माटोको परिक्षण गराएर मात्र माटोमा अपुगतत्वहरु उपयुक्त मात्रामा प्रयोगगर्नु सबैभन्दा राम्रो हुन्छ ।

यसको खेति अथवा उत्पादन गर्दै जादा विभिन्न किसिमका रोग तथा किराहरु लाग्न सक्छ जस्तै ९१० रिठ्ठे किरा स् यो एक किसिमको कालो रङ्गको खपटे किरा भएकाले यसले जमिनमुनि बसि कोदोको व्याडलाई क्षति पु¥याउन्छ । पानी नलाग्ने सुख्खाबालीलाई यसले दुख दिन्छ ।

यसको रोकथामकालागि मालाथायन धुलो २० किलोग्राम – हेक्टरका दरले बीउ रोप्नु भन्दा अगाडि माटोमा मिसाउनु पर्दछ । ९२० खुम्रे किराः यसको लाब्रे र माउ खपटेले जमिन मुनिबालिलाई क्षति पु¥याउदछ ।

यसको व्यवस्थापनका लागि मालाथायन धुलोे २० किलोग्राम – हेक्टरका दरले बीउ रोप्नु भन्दा अगाडि माटोमा मिसाउनु पर्दछ । ९३० धर्के गवारा तथागुलाबिगवारो स् फुलबाट निस्कनसाथगवारोको लाब्रे गुभाबाट भित्रपसीमुल डाठ खाई सुकाई दिन्छ । यसको व्यवस्थापनको लागि डेल्टामेथिंन २ मिलि लिटरका दरले पानीमामिसाई छर्कनु पर्दछ।

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदा जनक हुन्छ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका पोषक तत्त्व हुन्छन् । केहीव्यक्ति ग्लुटेन प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिकालागि कोदो राम्रो विकल्प हो । कोदो खाए शक्ति मिल्दछ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउन समेत कोदो खानु राम्रो मानिन्छ ।

कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्तमात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिमपनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ ।

कोदोमा प्रशस्त मात्रामाभएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पु¥याउँछ । यसमा आइरन समेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ ।

कब्जियत र ग्यासको समस्याभएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउनपनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।

साथै कोदोको परिकार खाएका वालवालिकाको दिमागको विकास तीव्र गतिमा हुन्छ । हड्डी मजबुत बनाउने र शरीरको संरचना विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।