२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

भिम उपाध्याय : कुलमान कसरी बिजुलीमा रूपान्तरणका नायक बन्न सफल भए ?

भिम उपाध्याय : ईन्जिनियर कुलमान घिसिंगमा टेलेन्ट छ । तर अरू पनि हजारौँ टेलेन्ट भएका कुलमानहरू नेपालमा छन्। कुलमानले संरक्षक नेताहरू पाए । असल र प्रष्ट दृढ विद्युत लक्षसहितको मिशन बनाएका सचिव, मन्त्री प्रेमको पाए।

टेलेन्टलाई काम गर्न अनुकूलको नेतृत्वको वातावरण जरूरत पर्छ। कुलमान फुत्त आकाशबाट झरेका हैनन्। उनी प्राधिकरणकै नसा नसा छामेर बसेका र कुनै दिन मौका मिले सुधार्नेछु भन्ने अठोट बोकेका बरिष्ठ ईन्जिनियर थिए।

सैभाग्यले उनले आफ्नै पिता संगठनको नेतृत्व गर्ने मौका पाए। त्यस्तै नेताहरूले पनि सैभाग्यले कुलमान जस्तो संगठनको गहिराई बुझेका टेलेन्ट पहिचान गरे।

टेलेन्ट पहिचान गर्न सक्ने नेता र मौका पाए ज्यान फालेर काम गर्ने कारिन्दा पाउनु नै सफल हुने मूल सूत्र हो।
अर्जुनलाई कृष्ण चाहिएको थियो र कृष्णलाई अर्जुनको खोज थियो र नै महाभारत लडाईमा पाण्डवको जीत भयो। नेता असल छन् भने टेलेन्ट खोज्छन्, टेलेन्टेडले नेता खोजेर हुने हैन।

कुलमानले मात्र गरेर हुने भए उनी बीसौँ वर्षदेखि त्यहीँ नै काम गरिरहेकै थिए, असल नेताबिना बृहत केही गर्न सकिदैन। तर उनमा नेता र जिम्मेवारी पाउनासाथ उनमा टेलेन्ट प्रष्फुटण भएको हो। असल नेताबिना कोही सफल हुदैन।

अर्जुनबिना कृष्ण र कृष्णबिना अर्जुन सफल हुदैन। कुलमानले माने भनै उनको निरन्तरता हुने अरूको भन्दा बढी संभवना छ।प्रम ओलीको आफूले गरेको काममध्ये कुलमानले गरेको काम बाहेक अरू कुनै खास प्रभावकारी काम देखिएको पनि छैन। कुलमान अर्जुन हुन्, उनाई पुनस् कृष्णको खॉचो छ।

प्रम ओलीज्यू, अब ऑखा चिम्म गरेर कुलमानलाई अर्को एक कार्यकाल बसिदिन अनुरोध गर्नुस्। यसबाट जनताका उज्यालोका महानायकका लाखौँ फ्यान दंग पर्नेछन्। राजनीति गर्ने नेताले जनताको मन जित्ने अवसर नखोज्ने कुरै छैन।
नेकपाका अध्यक्षद्वय केपी र पिके ज्यू१ दायॉबायॉका कुनै कुरा नसुनी जनताको मन जितिसकेका बिजुली विधाका प्राविधिज्ञ तथा सफल प्रमाणित कर्पोरेट म्यानेजर कुलमानलाई अर्को एक कार्यकाल निरन्तर गराउनु होला।

यति गरेर पुग्दैन भने उनलाई कार्यकारी अध्यक्षमा लैजानु होला। कुलमानले तपाईहरूको संरक्षणमा असंभव प्रतीत अध्यारो नेपाललाई उज्यालो मात्र पारेनन्, प्राधिकरणलाई पहिलो पटक मुनाफामा प्रवेश गराए।

लिकेज आधा घटेको छ, जनतामा नेपालमा योग्य म्यानेजरहरू रहे छन् भन्ने आत्मविश्वास बढेको छ। पटक पटक असफल ब्यक्तिहरूलाई पटकपटक नियुक्ति दिइने आजसम्मको कुपरम्पराका कारण जनता वाक्क दिक्क भएको बेला कुलमान दृष्टिगोचर भएका हुन्।

तपाईहरूले नै कुलमानको टेलेन्ट पहिचान हरेर विजुलीको जिम्मा लगाएर यस मामलामा सफल प्रमाणित हुनुभएको हो। साथै अरू थुप्रै ठाउँमा थुप्रै कुलमानहरू खोज्नुहोला।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।