जुम्ला- कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेको छ ।



निषेधाज्ञा जारी भएतापनि यहाँका किसानलाई बगौंचामा स्याउ टिप्न चटारो परेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रमेराज पाण्डेले बताएका छन ।
“यस याममा जुम्ली किसानको उत्पादन स्याउ सुर्खेत नेपालगन्ज र यहाँको स्थानीय बजारमा पुगेर सानो पसलदेखि ठूला पसलसम्म जुम्ली स्याउ भरीभराउ हुन्थ्यो ।”
कोभिडले स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा जारीले स्याउ कसरी कहा“ बिक्री गर्न समस्या भएको चन्दननाथ नगरपालिका–८ स्याउ किसान लक्ष्मी देवकाटा गुनासो गर्छन ।
कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् ।
स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिक टन स्याउ फल्ने पूर्वानुमान गरिएकामा पाँच हजार एक सय मेट्रिक टन मात्र स्याउ फल्ने अनुमान गरिएको छ । स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटा हुने भएको छ ।

























