२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

पत्रकार जोशीलाई कुटपिट गर्नेलाई कारबाही गर्न प्रेस युनियन कंचनपुरको माग

कञ्चनपुर-  रेडियो धनगढी र धनगढी खबर डटकममा कार्यरत तथा पत्रकार महासंघ कञ्चनपुरका सदस्य हरिश जोशी लाई कुटपिट गर्ने माथी कारबाही गर्न प्रेस युनियन कंचनपुरले माग गरेको छ ।
धनगढी खबरमा कार्यरत जोशीमाथि आइतवार करीब ५ः३० बजेको समयमा कुटपिट भएको थियो । सोमबार एक विज्ञप्ति निकाल्दै प्रेस युनियन कंचनपुरले पत्रकार माथी बिनाकारण भएको कुटपिट बिषयमा आपत्ति जनाउदै कुटपिट गर्ने माथी कडा कारबाहीको माग गरेको हो ।
प्रेस युनियन कंचनपुरका सचीव मनोज भट्टले विज्ञप्ति निकाल्दै समाचार संकलन गरि घर फर्किरहेका पत्रकार जोशीलाई बाटोमा एक्कासि आएर दुर्ववहार सहित कुटपिट गर्नेलाई कडा कारबाही गर्नुपर्ने माग गरेका हुन । विज्ञप्तिमा दिउसै बिचबाटो मा हिन्दा पत्रकार नै असुरक्षित रहेको अवस्थालाई  ध्यानाकर्षण गर्दै पत्रकार कुटपिट गर्नेलाई कार्बाही गर्न माग गरिएको हो । 

यसै गरि पत्रकार माथी दिउसै भएको निन्दनीय कार्यको घोर भर्त्सना गर्दै प्रेस युनियन कंचनपुरका अध्यक्ष अमर बहादुर चन्दले पत्रकार कुट्नेलाई कुनै हालतमा छोड्न नहुने र चाडो भन्दा चाडो पक्राउ गरि कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए ।  
शुक्लाफाटा नगरपालिका बनशाह घर भई हाल भिमदत्त नगरपालिका ३ भाँसी जनज्योती चोक नजिकै डेरामा बस्दै आएका सुवाश बम नाम गरेका व्यक्तीले आइतबार साझ  कुटपिट गरेका हुन् ।
उनले पत्रकार जोशीलाई जनज्योति चोक भासीमा रहेको हाम्रो खाजाघर अगाडी समाचार संकलन गरी आउने क्रममा त,मा,मु, खाते पत्रकार भनी एक्कासी गालीगलौच गर्दै कुटपिट  गरेका हुन । 
बम यस अघि पनि थुप्रै कुटपिटका घटनामा संलग्न व्यक्ति हुन् । उनी बारम्बार कुटपिटका घटनामा पक्राउ पर्दै आएका थीए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।