धनगढी, २० पुस । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले समुदायमा विद्युतसेवा बिस्तारका लागि गठन भएका विद्युत सहकारी संस्था समस्यामा रहेको बताएका छन् ।



सोमबार श्री शिवभोले ग्रामिण विद्युत सहकारी संस्थाकाको ११ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन ।
नेपाल विद्युत प्राविधकरण र सहकारी बिच समन्वय हुन नसक्दा समस्या रहेको छ नगरप्रमुख वडले भने, ‘ सहकारीको भनेपछि अन्यत्रबाट खासै सहयोग छैन ।
एक अर्को प्रसंगमा दर्ता भएर संचालनमा नरहेका सहकारी संस्थाहरु खारेज गर्ने बताएका छन् । उनले दर्ता गरेर सहकारी संस्थाहरु झोलामा हाल्नुको अर्थ हुदैन नगरप्रमुख वडले भने, संचालनमा नरहेका सहकारी खारेजी वा मर्ज गर्ने तयारीमा जुटेका छौं ।’
नगरप्रमुख वडले सहकारीमा सबैंको पहुँच बृद्धी गर्नु आवश्यक रहेको बताए । उनले भने,ठूला बैंकहरुमा सबै नागरिकको पहुँच हुदैन त्यसको बिकल्पको रुपमा पनि सहकारी संस्थाहरु रहेका छन् । सहकारीहरुले ब्यावसायीक कृषी क्षेत्रमा लगानी लगाउनुपर्ने नगरप्रमुख वडले बताए ।
उनले भने,जे गरेर जनताको जिवनस्तर माथी उठ्न सक्छ त्यसमा लगानी केन्द्रितहुनु आवश्यक छ । नगरप्रमुख वडले शेर सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी शिक्षा आवश्यक भएको बताए ।
धनगढी उप–महानगरपालिका वडा नं १५ का अध्यक्ष फुलराम चौधरीले सहकारी संस्था प्रजातन्त्र पछिको उपज भएको बताए । उनले भने, लोकतन्त्रको अभ्यास सिक्नका लागि सहकारी संस्था भित्र पस्नुपर्छ । सहकारी भनेकै सहकार्यबाट चल्ने भएकाले सबै सदस्यको उत्तिकै भूमिका रहन्छ ।
कार्यक्रम श्री शिवभोले सहकारी संस्थाका अध्यक्ष सुकदेव रानाको अध्यक्षतामा भएको थियो । यसै बिच श्री शिवभोले सहकारी संस्थाको भवन सिलन्यास गरिएको छ । नगरप्रमुख वडले भवनको सिलन्यास गरेका हुन । धनगढी उप–महानगरपालिकाको ११ लाख ५० हजार सहयोगमा भवन निर्माण भएको थियो ।

























