महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका–११ को डोके बजार तथा आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।



कोरोनाको संक्रमण रोकथामका लागि प्रशासनले मंगलबार राति १२ बजेदखि भदौ १४ गते राति १२ बजेसम्म डोके बजार क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
प्रशासनको निर्णय विपरीत कार्य गरेमा संक्रमण रोग ऐन २०२० तथा प्रचालित कानुन बमोजिम कारबाही गरिने कञ्चनपुर प्रशासनले जनाएको छ ।
Views: 151

























