कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वडा न.२ रहेको श्री झिलीमिलि सामुदायिक बन उपभोक्ता समुहले खेलाडी युवाहरूलाई खेलसामाग्री हस्तान्तरण गरेको छ ।



सामुदायिक बनले न.२ बंक नंन्दिपुर,कंचनपुरका खेलाडी युवाहरूलाई भलिबल,भलिबल नेट,ब्याडमिन्टन,ब्याडमिन्टन नेट,कर्क लगायतका खेलसामाग्री वितरण गरेको हो ।
खेलाडी युवाहरू खेल सामाग्री अभावमा खेलहरु खेल्न नपाएको भन्दै सामुदायिक बनले खेलाडी युवाहरूलाई खेल सामाग्री उपलब्ध गराएका हुन् ।
आजको आवश्यकता बन बाताबरण र जैविक विविधता संरक्षणमा युवाहरूको सक्रिय सहभागिता भन्ने नाराका साथ खेलाडी युवाहरूलाई बिभिन्न खेलहरुमा सक्रिय बनाउन तथा खेल क्षेत्रको विकाशको लागि खेलसामाग्री हस्तान्तरण गरेको श्री झिलीमिलि सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष अर्जुन साउँदले बताउनुभयो ।




Views: 142

























