२०८३ आश्विन १ बिहीबार
२०८३ आश्विन १ बिहीबार

प्रचण्ड–नेपाल समूहले ‘सूर्य चिन्ह’ त्याग्यो !

काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेकपा पनि ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन गरिएको नेकपाको धुम्बाराही र पेरिसडाँडाका दुवै कार्यालयलाई आफ्नो केन्द्रीय कार्यालयको रुपमा लिइएको थियो । 

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने गरी नेकपाले कार्यविभाजन गरेको थियो । विशेषगरी नेकपाको बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र आक्कलझुक्कल धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक राखिने गरिएको थियो । तर, अहिले दुई समूहमा विभाजित भएपछि ओली समूहको बैठक बालुवाटारमै बस्ने गरेको छ भने प्रचण्ड–नेपाल समूहको बैठक पार्टी प्यालेस र पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न थालेको छ । 

हालै काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको प्रदर्शनमा ‘सूर्य चिन्ह’अंकित झण्डाको प्रयोगलाई विशेष प्राथमिकता दिइएको देखिन्थ्यो । नेकपाको वैधानिकता आफूहरुले पाउनु पर्ने माग गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिएको छ । नेकपाको वैधानिकता खोज्नु भनेको ‘सूर्य चिन्ह’ नै माग्नु रहेको बताइएको छ । 

तर, यही बेला पेरिसडाँडास्थित पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहको बसेको बैठकस्थलमा भने सूर्य चिन्ह अंकित कुनै झण्डा र ब्यानर राखेको देखिँदैन । त्यहाँ हंसिया हथौडा अंकित झण्डामात्रै राखिएको देखिएपछि कतिपयले सो समूहले ‘सूर्य चिन्ह’ त्यागेको टिप्पणी गर्न थालेका छन् ।

पहिलेदेखि नै सो बैठकस्थलमा सूर्य चिन्ह राखिएको थिएन भने हँसिया हथौडा अंकित झण्डा र ब्यानरको प्रयोग गरिँदै आएको थियो । तर, अहिले नेकपाको वैधता खोजेको सो समूहले आफ्नो बैठकस्थलमा सूर्य चिन्ह नराखेको भन्दै आलोचना भइरहेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।