शुक्लाफाँटा नगरपालिका ५ बनसमिति बजारमा रहेको श्री जनजागरण कृषि सहकारी सस्था लिमिटेडले शनिबार आफ्नो आठौ साधारण सभा सम्पन्न गरेको छ ।



सम्पन्न सहकारी सस्थाको आठाँै साधारण सभाको प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का वडा सदस्य मोहन सिंह साउद रहनु भएको थियो भने कार्यक्रमका सभापति कृषि सहकारी सस्थाका अध्यक्ष कृष्ण दत्त बाग रहेका थिए ।
२०६९ साल असोज २१ गते स्थापना भएको जनजागरण कृषि सहकारी सस्थाले आठ बसन्त पार गरि नबाँै बसन्तमा प्रबेश गरेको छ । ग्रामिण भेगका कृषि क्षेत्रमा क्रियाशील किसान तथा महिला दिदि बहिनीहरुले आफ्नो कृषि क्रान्तिमा थप उर्जा थप्न जनजागरण कृषि सहकारी सस्थाले हौशला प्रदान गरेको कार्यक्रमका प्रमुख अतिथि एवं शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का वडा सदस्य मोहन साउदले बताए ।
कार्यक्रममा बोल्दै साउदले कृषि सहकारी सस्थाले वडा कार्यालय संग समुन्वय र हातेमालो गरि अगाडि बढन खोजे वडा कार्यालय सदैब तत्वर रहेने प्रतिबद्दता समेत गरेका छन् । कोरोना महामारीका बिच सम्पन्न कार्यक्रमा सामाजिक तथा भौतिकदुरी कायम गरिएको थियो ।
कार्यक्रमा स्वागत मन्तब्य सहकारीका उपाध्यक्ष शान्ता धामीले राखेका थिए भने कार्यक्रमको संचालन एवंम सहकारीको प्रगति प्रतिबेदन संगै भाबि योजनाको बारेमा सहकारीका सचिब नरेन्द्र प्रसाद भट्टले प्रष्ट पारेका थिए ।
३२६ शेयर सदस्य रहेको सहकारी सस्थाले गत आर्थिक बर्ष २०७६÷०७७ मा ६५ लाख ५६ हजार ६ सय ३२ रुपैया बराबरको आर्थिक कारोबार गरेको सहकारीका आर्थिक संयोजक भुपराज निरौलाले बताए । यो संगै चालु आर्थिक बर्ष २०७७÷०७८ मा ७५ लाख बढीको आर्थिक कारोबार गर्ने लक्ष समेत लिएको छ ।



















