बाजुरा – जिल्लामा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ छन । बुढीगंगा नगरपालिका–७ लामागाँउका अन्दाजी ३८ वर्षीय भरतराज गिरी महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन ।



शनिबार राति महिला कोठामा एक्लै भएकाबेला गिरि कोठामा आएर दुर्व्यवहार गरेको ती महिलाको आरोप रहेको छ । महिलाले टेलिफोनमार्फत उक्त जानकारी दिएपछि गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
महिलाको जाहेरीका आधारमा गिरी माथि थप अनुसन्धान थालिने प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए ।
Views: 210


















