२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

प्रचण्ड-माधवलाई ओलीको अर्को कटाक्ष: तपाईँहरु शहीद भए श्रद्धाञ्‍जली दिन हुन्थ्यो, अब स्मरण पनि गर्नु पर्दैन

प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको समूहलाई फेरि आफूहरुसँग फर्कन आग्रह गरेका छन् ।

आजकल उहाँहरु कहाँ हुनुहुन्छ सबैलाई थाहा छ । अचेल उहाँहरु मण्डलामा हुनुहुन्छ, प्रधानमन्त्री ओलीले बताए । तर उनीहरु नआए पनि आफ्नो अभियान अगाडि बढ्ने उनको दाबी छ ।

प्रचण्ड/माधव समूहले हामी यता छौँ नामको अभियानमूलक प्रदर्शन आफूबाट नक्कल गरेको पनि ओलीले दावी गरे । केहीअघि आफूले दिएको अभिव्यक्तिमा भनेको कुराबाटै उनीहरुले सुगाले झैँ नक्कल गरेको उनको जिकिर छ ।

ओलीले भने, हामी यता छौँ हैन अब म यता छु भन्नूस् । आउनूस् । हामी फेरि यतै छौँ भन्नूस् । उनले ब्यंग्य गर्दै प्रचण्ड र माधव नेपालहरुलाई बैठकमा खोजेको तर उनीहरु त सडकमा गएको र अहिले कता पुगे भन्ने थाहा नभएको पनि बताए । उनले अघि भने, ुतपाईँहरु सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो । तर तपाईँहरु सहिदत हैन १ तपाईँहरुलाई कार्यक्रममा स्मरण गर्नुपर्ने आश्यकता पनि छैन । तर तपाईँहरुले धुलो उँडाउनुहुन्छ । हामीले पानी छम्किने हो । दुर्गन्ध फैलाउनुहुन्छ हामीले सफा गर्ने हो ।

ओलीले प्रचण्ड समूहका नेताहरुलाई हरियो घाँसमा लुकेर बस्ने सर्पसँग पनि तुलना गरे । आइतबार काठमाडौँमा आफ्नो समूहको अनेरास्ववियुको भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । केपी ओलीलाई कारवाही गरेको भनेको तर आफूले अझै पार्टीमा फर्कन आग्रह गरेको भन्दै उनले व्यंग्य गरेका थिए ।

साथै वरिष्ठ नेता लगायत अन्य पदहरु कायम राखिएको भन्दै कटाक्ष गरेका थिए । कार्यकारी पद हटाइदिएको छु । वरिष्ठ पद यथावत छ, उनले भने । प्रचण्ड समूहका नेताहरुलाई कुर्सी चाहिएकोले आफूले कुर्सी पनि सुरक्षित राखिदिएको भन्दै उनले टिप्पणी गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।