२०८३ आश्विन २ शुक्रबार
२०८३ आश्विन २ शुक्रबार

देशभर ४ सय २१ कोरोना संक्रमित थपिए

देशभर ४ सय २१ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आइतबार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६१ हजार ८५९ संक्रमितको संख्या पुगेको छ । 

त्यसैगरी २४ घण्टामा ६३७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ४८७ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४८ हजार ५०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ जना पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।