२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण घट्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण घटेको छ । पछिल्लो केही दिन यता परीक्षण सुस्ताएको हो । 

पीसीआर मेसिन भएका केही जिल्लाको प्रयोगशालामा पछिल्लो दिनयता परीक्षणसमेत गरिएको छैन । परीक्षण घटेपछि कोरोना पुष्टि हुने संख्या पनि घटेको छ । आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० र अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा ३ गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेशका सामाजिक विकास मन्त्रालयले प्रदेशभरि १३ जना संक्रमित थपिएको जनाएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा जम्मा ६२ नमूना परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार आइतबार थपिएका संक्रमितमा कैलालीका दुई, कञ्चनपुरका आठ, अछामका तीन जना रहेका छन् । 

कोरोना परीक्षण सुस्ताए पनि प्रदेशमा सक्रिय संक्रमितको संख्या भने कम छैन । दुई हजार ५७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, प्रदेशभरि गरेर हालसम्म ११ हजार २५ जनाले कोरोना जितेका छन् । यो प्रदेशमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५१ पुगेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।