२०८३ आश्विन २ शुक्रबार
२०८३ आश्विन २ शुक्रबार

शुक्लाफाँटा- ११मा रहेको शुक्लाफाँटा सवडिभिजन वन कार्यालयमा तालाबन्दी

शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ११मा रहेको शुक्लाफाँटा सवडिभिजन वन कार्यालयमा तालाबन्दी गरिएको छ ।

आइतबार काठ दाउराको बिक्री वितरण फुकुवाको माग गर्दै विभिन्न सामुदायिक वनका पदाधिकारीहरूले वन क्षेत्रमा गरिएको प्रतिबन्ध फुकुवाको माग गर्दै सामुहिक रुपमा तालाबन्दी गरेका छन ।

शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा रहेको श्री कृष्ण सामुदायिक वनका अध्यक्ष दान बहादुर बोहरा र शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ मा रहेको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिबन्ध फुकुवा नभएसम्म अनिश्चितकालिन रुपमा तालाबन्दी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएकोछ ।

नेपाल सरकारद्वारा मन्त्री परिषदको २०७७ जेठ १५ गतेको निर्णयले देशभरका वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएका र वैज्ञानिक वन व्यवस्थापन लागु नभएका लगायत सम्पूर्ण वन क्षेत्रमा अन्याय पूर्ण तरिकाले काठ दाउरा संकलन, ओसारपोसार र बिक्रि वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो ।

उक्त निर्णयको विरोध भएपछि जेठ २८ गते साल बाहेकका अन्य काठमा लगाइएको प्रतिबन्ध खुला गरिएको थियो । तर सालमा लगाइएको प्रतिबन्ध नखुल्दा विभिन्न वन क्षेत्रका घाटगद्दीमा संकलन गरिएको सालको काठ सडेर नोक्सान भइरहेको छ ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।