अत्तरिया – अत्तरिया जेसिज वर्ष २०२१ को अध्यक्षमा पदम ओझा निर्वाचित भएका छन । अत्तरिया जेसिजको ९ औ शाखा अधिवेशनबाट वर्ष २०२१ का लागी अध्यक्षमा ओझा सर्वसम्मत निर्वाचित भएका हुन । ओझा यसअघि २०२० का लागी कानुनी सल्लाहकार थिए ।



अधिवेशनबाट अत्तरिया जेसिज वर्ष २०२१ को कार्यकारीणी उपाध्यक्षमा डण्डीराज जोशी र रोशन खड्का सर्वसम्मत निर्वाचित भएका छन भने उपाध्यक्षमा देवराज ओझा, भरत साउँद, कपिल कडायत र अनुप जैरु निर्वाचित भएका छन । यसैगरी कानुनी सल्लाहकारमा हर्क बहादुर कडायत, महासचिवमा प्रेरणा पाण्डेय, कोषाध्यक्षमा प्रकाश मल्ल, सचिवमा भगवती साउँद, मिडिया संयोजकमा मान ऐर, तालीम संयोजकमा लोकेन्द्र भाट र खेलकुद संयोजकमा अनिश सिँह मनोनित भएका छन ।
जम्मा २१ सदस्यीय समितिमध्ये बाँकी रहेको पदमा सदस्यहरु मनोनित हुन बाँकी रहेको नवनिर्वाचित अध्यक्ष पदम ओझाले जानकारी दिए । अत्तरिया जेसीज वर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारीको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशकी सांसद चुनकुमारी चौधरी रहेकी थिईन ।
कार्यक्रममा अत्तरिया जेसीजका संस्थापक अध्यक्ष गिरिराज कडायत, अत्तरिया जेसीज वर्ष २०१७ का अध्यक्ष तथा वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष दिनेश भण्डारी, वर्ष २०१६ का अध्यक्ष तेज खड्का, वर्ष २०१८ का अध्यक्ष कमल कडायत, वर्ष २०२० का अध्यक्ष गणेश शाह लगायतको सहभागीता रहेका थियो ।
अत्तरिया जेसीज वर्ष २०२० का कार्यकारीणी उपाध्यक्ष प्रकाश मल्लले स्वागत मन्तव्य व्यक्त गरेको उद््घाटन कार्यक्रमको सञ्चालन अत्तरिया जेसीज वर्ष २०२० का महासचिव हर्क बहादुर कडायतले गरेका थिए ।

























