२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

मुख्यमन्त्रीले गरे आफु बिरुद्ध हस्ताक्षर गर्ने १५ सासंद निलम्बन

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समुहका १५ सांसदलाई निलम्बन गरेका छन् ।

स्पष्टीकरणको चितोबुझ्दो जवाफ नदिएको भन्दै उनले ती सांसदमाथि कारबाही गरेका हुन् । निलम्बनमा पर्नेहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लीलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुम कुमारी श्रेष्ठ छन् ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समुहका १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । ती सांसदलाई मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुको कारणसहित प्रष्टीकरण सोधेका थिए। प्रष्टीकरण सोधिएका १९ मध्ये १५ जनाले कुनै जवाफ नपठाएपछि कारबाही गरिएको राईले जानकारी दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।