२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

कञ्चनपुरमा गोरु गाडासहित अवैध काठ बरामद

कञ्चनपुर, १६ पुस । भीमदत्त नगरपालिका–१८ मामाभान्जाचोक नजिकबाट प्रहरीले गए राति गोरु गाडासहित अवैध काठ बरामद गरेको छ । गोरुगाडामा अवैधरूपमा लग्दै गरेको ११ थान (१३ दशमलव ७४ क्युविक फुट) सालको काठ बरामद गरेको छ ।

भीमदत्त नगरपालिका–१८ का ३७ वर्षीय रमेश चौधरी, सोही ठाउँ बस्ने २४ वर्षीय कृष्ण चौधरी र ३५ वर्षीय जयराम चौधरी सवार गोरुगाडमा लुकाइछिपाइ ल्याइएको अवस्थामा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

बरामद काठसहितको गोरु गाडा आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ बाट म१ह ४८९ नंको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई आज पक्राउ गरेको थियो । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन गोलिया (७ दशमलव ३९ क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको थियो । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।