२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

बागमतीलाई २८ रनले हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

 स्पिनर कविता जोशीले ह्याट्रिक सहित घातक बलिङ गर्दै पाँच विकेट लिएसँगै बागमतीलाई हराउँदै सुदूरपश्चिम लमहीमा जारी सगमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमले आफ्नो समूह चरणको अन्तिम खेलमा बागमतीलाई २८ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । जितका लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन बनाए ।

बागमतीकी युवा अलराउन्डर सुमन खतिवडाले २८ बलमा ४ चौका सहित सर्वाधिक २७ रन जोडेपनि जिताउन सकिनन् । सुदूरपश्चिमलाई सेमिफाइनलमा पुर्याउन कविता जोशीले नवौं ओभरमा ह्याट्रिक सहित चार विकेट लिदै जित सहज बनाइन् । बागमतीका ७ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कविता कुवँरले पहिलो ओभरको दोस्रो बलमै ओपनर कन्चन श्रेष्ठलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । पाँचौ ओभरको तेस्रो बलमा स्पिनर कविता जोशीको बलमा विन्दा कटवाल ७ रनमा विन्दु रावलबाट क्याच आउट हुन पुगिन् । छैटौं ओभरको चौथो बलमा ऋतु कनौजियाले हेलिसा गुरुङलाई शून्यमा बोल्ड आउट गरिन् ।

कविता जोशीको नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेकी सुमन लङ अनमा कप्तान विन्दु रावलले क्याच लिएपछि बागमतीको जितको सम्भावना टाढिएको थियो । अर्को बलमा जोशीले अनिसा मजाकोटीलाई शून्यमा बोल्ट आउट गरिन् । चौथो बलमा क्यानुका बस्नेतलाई एलबिडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरिन् ।

अन्तिम बलमा कविताले खुशी डंगोललाई एलबिडब्लू आउट गर्दै ब्यक्तिगत पाँच विकेट पूरा गरिन् । सुजिता थापा शून्य र आरती बिडारी ३ रनमा आउट भइन् । कविता जोशीले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाए । सुदूरपश्चिमकी डली भट्ट १४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २८ रन अविजित रहिन् ।

डलीलाई ११ औं ओभरको पहिलो बलमा कप्तान अस्मिना कर्मचार्यल बोल्ड आउट गरेपनि नो बलका कारण जीवनदान पाएकी थिइन् । व्यक्तिगत १५ रनमा आउट भएर पेभिलिएन तर्फ फर्केकी डलीले त्यसपछि तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई बलियो योगफलमा पुर्याइन् ।

तेस्रो ओभरको चौथो बलमा स्पिनर निशा तामाङले ओपनर रेवती धामीलाई २ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । छैटौं ओभरको दोस्रो बलमा स्पिनर आरती बिडारीको बलमा ओपनर मन्जु बोगटी ५ रनमा एलबिडब्लू आउट हुन पुगिन् ।

लगत्तै अर्को बलमा कप्तान विन्दु रावल कट एण्ड बोल्ड भइन् आउट भएकी थिइन् । ह्याट्रिक बलको सामना गरेकी कविता जोशीले डीप मिडविकेटमा उत्कृष्ट छक्का प्रहार गरेकी थिइन् । आरतीलेनै नवौं ओभरको दोस्रो बलमा कवितालाई सुजिता थापाबाट १२ रनमा क्याच आउट गराइन् । जोशीले १२ बलमा १ छक्का प्रहार गरिन् ।

कविता कुवँर ३० बलमा १ चौका सहित १९ रनमा अविजित रहिन् । स्पिनर आरती विडारीले २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । निसा तामाङले १ विकेट लिइन् ।

समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । समूह ‘बी’ बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन् । प्रदेश १ ले दोस्रो खेलमा गण्डकीसँग खेल्दै छ ।

उक्त खेलमा प्रदेश १ विजयी भएमा सोझैं समूह विजेता बन्ने छ । पराजित भएमा नेटरनरेटमा निर्भर रहने छ । गण्डकी र बागमती भने बाहिरिएका छन् । सेमिफाइनल पुस १८ र फाइनल १९ मा हुने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।