सुदूरपश्चिम- प्रदेशका थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ६ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।



सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४ सय ४६ नमूना परीक्षण गर्दा सुदूरपश्चिमका थप ४८ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १६ जनामा संक्रमण देखिएको जानकारी दिए ।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका १० जना र गौरीगंगा नगरपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३/३ जना, बेल्डाँडी गाउँपालिकाका १ जना, बाजुराको बडिमालिका नगरपालिकाका ८ जना र डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै उता जिल्ला अस्पताल बझाङमा पछिल्लो २४ घण्टामा ७७ जनाको परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशाला ईन्चार्ज नरेश खड्काले जानकारी दिए । संक्रमण पुष्टी हुनेमा थलारा गाउपालीकाका ५ जना र जयपृथ्वी नगरपालीकाका १ जना रहेका छन ।
यस्तै उता डडेल्धुरा अस्पतालको प्रयोगशाला र अछामको कमलबजार प्रयोगशालामा ७/७ जना, बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा ६ जना र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ३ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ७९ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ९ सय ८० जना डिस्चार्ज भएका छन भने हाल सम्म ५१ जना संक्रमितको मृत्यु भएको सामाजीक बिकाश मन्त्रालयले छ ।

























