२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

४५ औं राष्ट्रिय मेलमिलाप दिवस : डोटीको बडिकेदार गाउपालिकामा पनि मनाइयो

एकेन्द्र चन्द पुस १६ डोटी ४५ औं राष्ट्रिय मेलमिलाप दिवस डोटीको बडिकेदार गाउपालिकामा पनि मनाइयको छ नेपाली कांग्रेस बडिकेदार गाउपालिका कार्यसमिति डोटीको आयोजना र नेपाल तरुण दल बडिकेदार गाउपालिकाको सह – आयोजनामा बडिकेदार गाउपालिकामा मनायको हो

कार्यक्रमको लागि नेपाली कांग्रेस डोटीले जिल्लाका नौ वटै स्थानीय तहहरुमा जिल्ला बाट प्रतिनिधि खटाएको थियो त्यस्तै बडिकेदार गाउपालिकामा पाटी उपसभापति समेत रहेका नेता रामप्रसाद उपाध्याय पुग्नु भएको थियो कार्यक्रम मा बोल्ल्दै प्रमुख अतिथी समेत रहेका उपाध्यायले बिपि बाबुले लिएको मेलमिलापको नितिको हामिहरुले पालना गर्नु पर्ने र आफुहरुनै एक जुट हुन सकेनभने पाटिलाइ ठूलो क्षति हुने तर्फ समेत सचेत गराउनु भएको थियोे

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर प्रवासी जीवन त्यागेर भारतबाट नेपाल आएको सम्झनामा यसपटक पनि डोटी लगायत देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने कार्यक्रम रहेको छ ।

बीपी त्यतिबेला नेपाल आउँदा तत्कालीन सरकारले गोली ठोकेर मार्न पनि सक्दथ्यो । तर, उनले आफ्नो ज्यानको बाजी लगाएर गणेशमान सिंह, शैलजा आचार्य लगायतसँग नेपाल आएका थिए । बीपीको एउटै उद्धेश्य थियोह देशभित्रका समस्याको समाधान सार्वभौम जनताबाट नै गरिनुपर्दछ । आपसमा समझदारीबाटै समाधान हुन्छ । उनले त्यतिबेला देश रक्षाका लागि दल र राजा मिल्नुपर्ने धारणा राखेका थिए । तर ८ वर्ष प्रवास बसेर फर्केका बीपीलाई मेलमिलापको वातावरण बनाउनुको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै तत्कालीन सुन्दरीजल बन्दीगृहमा पुर्याइएको थियो ।

बीपी जेल परे पनि मेलमिलापको ढोका भने खुल्यो । ०३३ सालपछिका जति पनि क्रान्ति र परिवर्तन भए त्यसमा बीपीको त्यही मेलमिलाप र एकताको नीतिले काम गरिरहेको छ । बीपी २०३९ सालमा बिते । काँग्रेसले हरेक वर्ष पुस १६ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदै आएको छ

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।