२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

सुदूपश्चिममा आज ‘पुस १५’ मनाइँदै

सुदूरपश्चिममा आज ‘पुस १५’ पर्व धुमधामसँग मनाइँदैछ।

पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात (दन्त्य कथा) भन्ने र देउडा खेल्ने चलन रहेको यस क्षेत्रको संस्कृतिसम्बन्धी जानकार बताउँछन्।

यस दिन १५ किसिमका परिकार खाने प्रचलन छ।

यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिएको छ। नेपाली समाजमा आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने संस्कृतिसम्बन्धी जानकार बताउँछन्। तर, विश्वभर डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने गरिएको मानिन्छ।

पर्वका अवसरमा वनभोज खाने पनि प्रचलन छ। यस क्षेत्रमा वर्षमा एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यता भएकाले आजको दिन वनभोज खाने प्रचलन रहेको संस्कृतिसम्बन्धी जानकार बताउँछन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।