२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

सुदुरपश्चिममा आज १ सय २९ जनामा कोरोना पुष्टी

धनगढी -सुदुरपश्चिममा आज १ सय २९ जनामा कोरोना पुष्टी भएको छ । डडेल्धुरा, डोटी र सेती प्रयोगशालामा १२ सय ९६ जनाको स्वाब परिक्षण गरिएकोमा १ सय २९ जनामा कोरोना देखिएको हो ।

कैलालीको धनगढी स्थित सेती प्रयोगशालामा आज गरिएको कोरोना स्वाब को परिक्षणमा ३५ जनामा कोरोना पुष्टी भएको छ । बितेको २४ घण्टामा यँहाको प्रयोगशालामा ५ सय ७१ जनाको नमुना परिक्षण गरिएकोमा १२ महिला २२ पुरुषमा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी हुनेहरुमा अछामका १८ जना,डोटीका एक जना र कैलालीका १५ जना रहेको सेती प्रयोगशालाले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ४५ जनामा कोरोना पुष्टि भएको छ। भाद्र ८ र ९ गते ५९ जनाको कोरोना स्वाब परिक्षण गरिएकोमा ४५ जनामा कोरोना पुष्टि भएको अस्पतालका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले बताए।श्रेष्ठका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुष एक महिला गरि दुई जना , केआइसिंह गाउँपालिकाका चार पुरुष र शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरि ३९ जनामा कोरोना पुष्टि भएको हो।

उता डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरीया र जानकी गाउँपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको छ।यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका दुई जनामा संक्रमण पुष्टि भएको भूषालले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।