२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कुनै हालतमा पार्टी फुट्न हुँदैन : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा फुट्न नहुने बताएका छन । नेकपाले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको सभामा मुख्यमन्त्री भट्टले पार्टीमा फुट गरेर कसैलाई पनि फाइदा नहुने भएकाले सबै नेता, कार्यकर्ताले एकजुट भएर पार्टी जोगाउनुपर्नेमा जोड दिए ।

उनले भने, “पार्टी फुटाएर देशको विकास नहुने भएकाले सबै एकजुट हुनुपर्छ ।” मुख्यमन्त्री भट्टले नागरिकको मतको कदर गर्दै उनीहरुको हक हित र विकासका लागि पनि एकजुट भएरै जानुपर्ने धारणा राखे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले पार्टी फुटाउनेजस्तो गलत निर्णयलाई प्रशय दिनु आफैँमा हानीकारक भएको बताईन् । उनले भने, “पार्टी फुट भए हामीलाई नै घाटा हो, आफूलाई घाटा हुने काम नगरी पार्टी जोगाएर जानु नै उत्तम हुनेछ ।”

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले पनि नेपाली जनताले देशको विकासका गर्न बहुमत दिएर जिताएको पार्टी नेकपा फुटाउन विभिन्न देशी विदेशी शक्ति लागिपरेको हुँदा त्यस्ता शक्तिको पछि नलागी एकढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राखिन् । सभामा सम्बोधन गर्ने अधिकांश नेता तथा कार्यकर्ताले नेकपा कुनै पनि हालतमा फुट्नु नहुने बताएका थिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।