२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र प्रदेश १ विजयी

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम विजयी भएका छन् । दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले वाग्मतीलाई ४६ रनले हराएको छ । प्रदेश १ ले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको वागमती १६ ओभर ४ बलमा ६० रन बनाएर अलआउट भयो । वाग्मतीका लागि कञ्चन श्रेष्ठले १३ र सुमन खतिवडाले १२ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश १ को लागि ङिमा तामाङले ३ र अप्सरी बेगमले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले रुविना क्षेत्रीको ५५ रनको मद्दतमा १ सय ६ रन बनाएको थियो । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले हराएयो ।

दाङको लमहीमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले ६ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनाउन सक्यो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७ रन बनाएको थियो ।

उसका लागि रेवती धामीले सर्वाधिक २७ रन बनाइन । गण्डकीका एलिसा लामिछाने र श्रृष्टी पौडेलले ३र३ विकेट लिए । समूह ‘ए’ बाट लुम्बिनी र एपीएफ सेमिफाइलनमा पुगिसकेका छन् । समूह ‘बी’ का खेल आजदेखि सुरु भएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।