कञ्चनपुर- सशस्त्र प्रहरीले कञ्चनपुरमा अवैधरुपमा नेपाल भित्राउदै गरेको सामग्री नियन्त्रणमा लिएको छ। जिल्लको महाकाली नगरपालिका –१ गढीगोठमा एक लाख ९२ हजार पाँच सय बराबरको किराना तथा हार्डवयरका सामान सोमबार बरामद गरेको ससस्त्र प्रहरी कञ्चनपुरले जनाएकाे छ।



दुईवटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको बताइएकाे छ। बरामद गरिएका सामान तथा मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।
Views: 169

























