२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

राष्ट्रपतिलाई डा. भिम रावलको चुनौती : राजनीति गर्ने भए सुदूरपश्चिम आउ !

धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए सुदूरपश्चिम आउन चुनौती दिएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले धनगढीमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए सुदूरपश्चिम आउन चुनौती दिएका हुन ।

उनले राष्ट्रपतिले गुटको मात्रै संरक्षण गरेको आरोप लगाएका हुन । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसदको विशेष अधिवेशन माग गर्दै  आफु ८३ जना प्रतिनिधी सभा सदस्यहरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय गएको तर निवेदन दर्ता नगरिएको उनले बताए । “सरकारी कुनै पनि कार्यालयमा एउटा नागरिक गए पनि निवेदन दर्ता गर्नुपर्छ’,उनले भने,‘ तर हामी ८३ जना प्रतिनिधी सभा सदस्यको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय गएपनि विवेदन दर्ता भएन् ।”

उनले प्रश्न गर्दै भने “राष्ट्रपति कसको हो ? कुनै व्यक्तिको ? वा कुनै गुटको ? वा कुनै उप गुटको ? होईन् उहाँले यदि कुनै गुटको संरक्षण गर्न चाहानुहुन्छ । यदि संविधानको मर्यादालाई नाघेर राजनीति गर्न चाहानुहुन्छ । भने शितल निवासमा नबस्नुस् यहाँलाई गुटलाई काखी च्याप्न मन लागे छ भने गुटको राजनीति गर्न मन लागेको छ भने म जस्तै मन लागे धनगढीको सडकमा आउनुहोस् ।

होईन म सुदूरपश्चिम जान्न भन्ने यहाँलाई इच्छा लाग्छ भने उतै झापाको गल्लीमा जानुहोस् कि भोजपुरमा जानुहोस् । होईन भने नेपालको संविधानको मर्म र देशको मर्यादालाई कुल्चने राष्ट्रपतिलाई अधिकार छैन ।” 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।