२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

बडिमालिकाले बनायो बुढिगंगा नदिमा गाडिगुड्ने काँठेपुल

बाजुराको जडाङ्गा खोलामा काठेपुल बनेपछि व्यवसायीलाई सामान ओसारपसार गर्न सहज भएको छ । 

लामो सयमदेखि भरियामार्फत सामान ओसार्दै आएका व्यापारी पुल बनेपछि खुशी भएका छन् । उनीहरुलाई गाडीमै सामान ओसार्न सहज भएको हो । 

गत वर्षको साउन २५ गते राती आएको बाढीले खोलामा रहेको बेलिब्रिज बगाएपछि धनगढीबाट आएका सवारी साधन जडाङ्गामा रोकिँदै आएपछि व्यापारीहरुले भरियाद्वारा सामान वारपार गर्दै आएका थिए ।

बडिमालिका नगरपालिकाले मिनिटाटा, टयाक्टर जीप लगायतका साना सवारी साधन वारपार हुने गरि जडाङ्गा खोलामा काठेपुल निर्माण गरेपछि अब सिधै सवारी साधन मार्फत सामान ढुवानी गर्न पाउने भएपछि मार्तडीका व्यापारी खुशी भएका हुन । 

मार्तडीको गैरी बजारका व्यापारी रामबुहाुदर बुढाले भने–‘खोलामा पुल नहुँदा तलबाट खाद्यान बोकेर आएका सवारी साधन जडाङ्गा खोला पारीमै नै रोकिएने गर्थे । अहिले खोलामा काठेपुल निर्माण भएपछि सवारी साधन मार्फत सिधै सामान मार्तडी ढुवानी गर्न सहज भएको छ ।’ 

बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले भने–जडाङ्गा खोलाको बेलिब्रिज बर्खाको बाढीले बगाएपछि मार्तडी आउने सवारी साधन बीचमै रोकिँदा खाद्यान तथा अन्य विकास निर्माणका सामाग्री ढुवानी गर्न निकै समस्या भएपछि त्यसको सहजताका लागि नगरपालिकाले खोलामा झण्डै एक लाख भन्दाबढीको लगानी गरेर काठेपुल निर्माण गरेको हो ।’ साभार : गोरखापत्र अनलाइन । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।