२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै प्रचण्ड–नेपाल पक्ष

काठमाडौं, १४ पुस । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेर चुनावको घोषणा गरेको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज मंगलवार देशभर प्रदर्शन गर्दैछ ।

केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले देशव्यापी आन्दोलन गर्न लागेको हो ।

आज बिहान ११ बजेदेखि देशभर विभिन्न ठाउँमा प्रदर्शन हुनेछ ।

राजधानी काठमाडौंका विभिन्न ठाउँमा विरोध स्वरूप जुलुस निस्कने नेकपाका नेताहरूले जनाएका छन् ।

विभिन्न ठाउँका जुलुस भृकुटीमण्डपमा पुगेर नेकपा नेताहरू प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

यसअघि सोमवार नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी (जसपा) ले समेत देशव्यापी प्रदर्शन गरिरहेको छ ।

नेकपाभित्र विवाद चर्किंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।