कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ बाट एक ग्राम १३ मिलीग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।



पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रोहित खत्री र महेश ठगुन्ना रहेका छन्। लागूऔषधको किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आज बिहान जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
प्रहरीले उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
Views: 113

























