गोकर्ण पाण्डे/पौष १३,गुल्मी- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गुल्मीमा पनि प्रदर्शन गरेको छ। क्षेत्र नं १को गुल्मी दरबार गौंडाकोटमा आयोजना गरिएको सभालाई नेपाली कांग्रेस पुर्व जिल्ला सभापती चन्द्र केशीले संबोधन गर्नुभएको थियो ।



कार्यक्रममा बोल्दै नेता केशीले ओली सरकार पन्चायत भन्दा पनी निरंकुश भएकाले सडक बाटै यस्लाई बडार्नुपर्ने बताउनुभयो । नेता केशिले नेपाली जनताको बलिदानीपुर्ण संघर्ष बाट प्राप्त उपलब्धि ओलीको तानासाहि प्रबृ ितका कारण खतरामा परेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । त्यस्तै गुल्मीको क्षेत्र नं २ को मुसिकोट नगरपालिका को वामिटक्सारमा पनि प्रदर्शन गरिएको छ। अायोजित सभालाई जिल्ला सभापति भुबन प्रसाद श्रेष्ठ ले संबोधन गर्नु भएको थियो
Views: 120

























