जय ऐर/कंचनपुर- प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले देशैभर १६५ निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओलिको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमकाे विराेधमा विराेध सभा सम्पन्न गरेकाे छ।



कंचनपुर निर्वाचन क्षेत्रनं२मा समेत पुस १३ गते बेतकाेदेखि कृष्णपुरसम्म माेटरसाईकल -यालि गरि शुक्लाफाँटाकाे झलारिमा विराेध सभा सम्पन्न गरेकाे हाे।झलारिमा आयोजित विराेध सभामा सम्वाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री एनपि साउदले कम्युनिस्टकाे दुई तिहाईकाे सरकारले देश र जनतालाई धाेका दिएकाे वताए।
उनलेभने ५ बर्षका लागि जननिर्वाचित सरकारले आपसि कलहका कारण ३बर्षमै मध्यावधि निर्वाचनको घाेषणा गर्नु दुखतछ।यसले देशमा संम्वैधानिक, राजनैतिक र आर्थिक संकट उत्पन्न गरेकाे जनाउदै नेता साउदले संविधानकाे रक्षासंगै जनताकाे अधिकार कुन्ठितहुन वाट जाेगाउन देशैभर एकसाथ विराेधसभाकाे आयाेजना गरिएको वताए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साउदले कम्युनिस्ट हरूले जनतालाई स्थिरता र समृद्धिकाे सपना देखायर झुक्याएर दुईतिहाई जनमत प्राप्त गरेपनि उनिहरूले जनतासंगकाे एउटापनि वाचा पूरा नगरेकाे आराेप लगाए।नेता साउदलेभने नेकपाका नेता कुन मुखले कुन नारा लियर जनताकाे घरमा आउछन हामी प्रस्न गर्न चाहन्छाै।
आफनै पार्टीले काम गर्न दियन भनेर झुटकाे खेति गर्नु लज्जास्पद विषय भएकाे उनले वताए।कांग्रेसले आफु हारेर भएपनि मुलुक र जनतालाई जित दिलाएकाे भन्दै नेता साउदले संविधानकाे कार्यान्वयन भएनभने देशमा अस्तिरताका कारण मुलुक बिसर्जनकाे वाटाेमा जानसक्ने खतरा देख्छु।मुलुककाे जेठाेदल कांग्रेस जवजव देशमा संकट उत्पनहुन्छ तव आफुलाई अभिभावकिय भुमिकामा रहि मुलुकलाई निकासदिन अग्रसरतामा देखाउने पुर्व मन्त्री साउदले जनाए।
पुर्व मन्त्री गाेविन्द वहादुर शाहले ओलिले संविधान विराेधि असंवैधानिक षड्यन्त्रकारि कदम चालेकाछन।याे प्रतिगामी कदमकाे जति निन्दा गरेपनि कमहुन्छ।
नेता शाहलेभने नेपाली जनतालाईदासता लाद्न चरम भ्रष्टाचार कुशासन लाद्नका लागि याे कदम चालेका हुन्।ओलिको तानाशाही प्रबृत्तिका विरूद्व नेपाली जनताले एकजुट हुनुपर्ने पुर्व मन्त्री शाहले वताए।पुर्व संविधानसभा सदस्य वल्देव वाेहराले कम्युनिस्टकाे ओलि नेतृत्वकाे सरकारले संविधानलाई सिध्याउन असंवैधानिक कदम चालेकाे वताए।
उनले ओलिले चुनावकाे नाटक मंचन गरेर जनतालाई झुक्याउने खेल खेलेकाे वताए।पुर्व संविधानसभा सदस्य वाहादुर सिंह थापाले नेपाली कांग्रेसकाे नेतृत्वमा संविधान जारि गरि कांग्रेसकै अगुवाईमा तिनै तहकाे निर्वाचन सम्पन्न गरेकाे वताउदै ओलि सरकारले देशमा शान्ति सुरक्षा कायम नगरि अस्तिरता मच्चाउन असंवैधानिक कदम चालेकाछ।
पुर्व संविधानसभा सदस्य थापालेभने नेपाली जनताकाे अमुल्य मतकाे ओलिले अपमान गरेकाले जनताका अधिकार सुनिश्चित गर्न कांग्रेसको काँधमा ठुलाे जिम्मेवारी आएकाे थापाले वताए।
कार्यक्रममा प्रदेश सभा सदस्य श्यामलाल राना,देवराज पाठक,नेपाली कांग्रेस कंचनपुरका पार्टी सभापति हरि वाेहरा पुर्व पार्टी सचिव भाेजराज वाेहरा लगायतले मन्तव्य राखेका थिए।नेपाली कांग्रेस कंचनपुर क्षेत्रनं२ का क्षेत्रिय सभापति दल वहादुर वाेहराकाे सभापतित्वमा संचालित कार्यक्रमको संचालन क्षेत्रिय सचिव सुदर्शन ऐरले गरेका थिए।
कार्यक्रममा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरि १५ जना कांग्रेस पार्टी प्रवेश गरेकालाई पुर्व मन्त्री साउदले सदस्यता प्रदान गरि स्वागत गरेकाे शुक्लाफाँटाका नेपाली कांग्रेस नगर सभापति जय वहादुर विष्टले जनाए।

























