एकेन्द्र चन्द/ डोटी पुस १३ – डोटीको बडिकेदार गाउपालिका वडा न ५ मा रहेको केदारेस्वर माध्यमिक बिधालय डोटीको ब्यवस्थापन समिती गठन गरिएको छ।



आज बिधालयमा गरिएको अभिभावक भेलाबाट गणेश राज जोशीलाई सर्बसमत चैन गरिएको हो जोशीलाई भेलाले दोस्रो कार्यकालका लागि सर्बसमत चैन गरिएको हो। अध्यक्षमा सर्बसमत चैन भए पछि आफुले अगाडीको कार्यकालमा पनि आफुले बिधालयमा भौतिक संरचना लगायर शैक्षिक गुणस्तर पनि उकास्ने काम गरेको र यश पाली पनि केदारेस्वर माबीमा कृषि क्याम्पस खोल्ने तयारी गरिरहेको र कृषि क्याम्पसको सबै प्रक्रिया अगाडि बढाइ सकेको समेत अध्यक्ष जोशीले बताउनु भयो।
सम्पुर्ण अभिभावक हरुको साथले केदारेस्वर माबिलाइ नमुना बिधालय बनाउन लागिपरेको र त्यो पनि यक दिन सफल हुने समेत बताउनु भयो समितिको सदस्यहरुमा टेक ब मल्ल, इन्द्रा देबि चन्द, डोइली देबि गिरि, झकेन्द्र मल्ल, देबा देबि मल्ल, पदेन सदस्य टोप ब चन्द शिक्षक प्रतिनिधि चक्र ब चन्द र सदस्य सचिब डम्बर बहादुर मल्ल रहनु भएको छ।

























