डडेल्धुरा । नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष नैन सिंह महरले कम्युनिष्टहरु प्रजातन्त्र र जनताको दुश्मन भएको बताएका छन । संसद विघटन विरुद्ध नेपाली कांग्रेसले सोमबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा गरेको विरोधसभाको कार्यक्रम अन्तरर्गत गृह जिल्ला डडेल्धुरामा गरिएको विरोधसभा लाई सम्बोधन गर्दै कांग्रेस युवा महरले कम्युनिष्टहरु एमाले, बिमाले, माले मण्डले सबै एउटै भएको बताए ।



सबै कम्युनिष्टहरु एकै भएकाले हाम्रो नजरमा हरेक कम्युनिष्ट प्रजातन्त्र र जनताका दुमन हुन । उनले भने, कम्युनिष्टहरु जनताको आँखामा छारो हालेर सत्तामा पुग्दछ । अनि तिनै जनता माथि बुट बजार्ने काम गर्दैछन । यिनै कुराहरु लाई नंग्याउनका लागी, कम्युनिष्ट व्यवविचारको अन्त्यका लागी, कम्युनिष्ट सर्व सत्तावादको अन्त्यको लागी हामि आन्दोलित भएका छौ । जनताको आन्दोलन अगाडी बढेको छ ।
यो नेपाली कांग्रेसको मात्रै विरोधसभा होईन । उनले भने, जनताको विरोधसभा हो । नेपालको राज्य व्यवस्था, नेपालको सरकार, नेपालको समपुर्ण समृद्धि नेपाली जनताको सरोकारको विषय हो । त्यस कारण जनताको प्रतिनिध पात्रका रुपमा नेपाली कांग्रेस पार्टी अग्रमोर्चामा उभिएका कारण, संसदको प्रमुख प्रतिपक्ष भएका कारण हामिले जनताका सरोकारका विषयमा बोल्नु पर्छ । नेपालका कुनै पनि कम्युनिष्टका नाममा हामि यो वा त्यो भन्दैनौ ।
उनले थपे, हिजो प्रचण्डको अद्रायी कदमका विरुद्धमा हामि थियौ । माधव नेपालको निरंकुताका विरुद्धमा हामि थियौ । अहिले आएर केपि ओलीको निरंकुताका विरुद्धमा हामि छौ ।
कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्नु पुर्व ७७ वटै जिल्ला सदरमुकाममा गत मंसिर २९ गते विरोधसभा गरेको बताउदै उनले कुरा केपि ओलिको मात्रै नभएको औल्याए । संसद विघटनको मात्रै पनि होईन । उनले भने, आज भन्दा करिब तिन वर्ष अगाडी हामिले एमाले र माओवादीको गठबन्धन लाई अप्राकृतिक भनेका थियौ । त्यति बेला जनता समक्ष सामान्य कुरा पु¥याउन सकेनौ ।
त्यो गठबन्धनले हिजो नताका आँखामा छारो हालेर । देशको समृद्धिका लागी समृद्ध नेपाल सुखि नेपालीको नाराले करिब करिब दुई तिहाई मत प्राप्त गरि सत्तासिन हुन पुग्यो । त्यस पछाडी कम्युनिष्टले भनेका एक कुरा पनि पुरा भएन्न । म आज यहाँ अग्रमोर्चमा रहेर कसम खाएर भन्दै छु । आफ्नो घोषणा पत्रमा लेखिएको एक प्रतिशत पनि काम गर्नु भएको छ ? म ९९ प्रतिशत भनिरहेको छैन । एक प्रतिशत काम पनि भएको छ भने हामि राजनिति बाट जोगि, सन्यासी बन्न तयार छौ ।
कम्युनिष्टको सरकारको बेला भ्रष्टाचार, हत्याहिंसा, बलत्कारका घटना मात्रै भएको उनले बताए । पछिल्ला तिन वर्षमा १४ हजार बढी महिला ंहिंसाका शिकार भएका छन । खर्बाैको भष्टाचार भएको छ । गनेर साध्य छैन । उनले भने, काण्डै काण्डको चांङमा केपि ओलिको सरकार बसेको छ । शासन व्यवस्था दिनानुदिन अनुदार बन्दै गयो । आफु भन्दा फरक विचार राख्ने, कम्युनिष्ट भन्दा फरक विचार राख्ने कांग्रेस मात्र होईन अन्य पार्टीका नेता कार्यकर्तालाई समेत लखेट्न थालियो । त्यसैको एक उदाहरण तनहुको घटना थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल माथि दमन गरिएको घटना ।
यो १६५ क्षेत्रमा गरेको विरोधले वर्तमान सरकारको दमन नरोकिने उनले बताए । हामि लाई विश्वास छैन । उनले भने, हामि केवल सम्मानित सर्वाेच्च अदालतको फैसलामा विश्वास राख्दछौे । सर्वाेच्चको निर्णय हामि लाई सिरोधार्य छ । केपि ओलीको सरकारले निर्वाचन सम्पन्न गर्छ कि गर्दै भन्नेमा पनि हामि द्धिविधामा छौ । त्यस कारण जहिले सम्म नयाँ निर्वाचन सम्पन्न हुदैन । निर्वाचनको स्वच्छ वातावरण बन्दैन । यो जनताको आन्दोलन रोकिने छैन । यो आन्दोलन कांग्रेसको मात्र होईन । कांग्रेस त संयोजक मात्रै हो । त्यस कारण जनताले आन्दोलन रोक्ने वाला छैन्न ।
अब कांगेस ७५३ वटै पालिकामा जाँने उनले बताए । ६ हजार सात सय ४३ वटा देशभरका वडामा नेपाली कांग्रेसको झण्डा फहराएर जनताका पक्षमा आवाज उठाउदै छौ । त्यसका लागी एक पटक फेरी सबै नेपालीले उठ्नु पर्ने बेला आएको उनको भनाई छ ।
हामिले हिजो भन्यौ । आज पनि भन्दै छौ । हाम्रा पार्टिका सभापतीले भन्नु भएको थियो । उनले भने, कम्युनिष्ट शासन आयो भने रुन पनि पाईदैन, हाँस्न पनि पाईदैन । केही दिन अगाडी हामि त्यही अवस्थामा थियौ । सरकारले घोक्रेठ्याक लगाएको थियो । हजारौ जनता कोरोनाको महामारि बाट मरेका छन । बाढी पिडित बाट पाँच सय बढी जनताले ज्यान गुमाएका छन । कतिपय बाढी पहिरोमा पुरिएकाहरुको शव अहिले सम्म पनि मिलेको छैन । तर सरकार बालुवाटारमा कम्युनिष्ट पार्टीको नेता प्रचण्डले बढी खानेकी, केपि ओलिले बढी खाने वा केपि ओली नजिकका मान्छेले बढी लिने कि माधव नेपालका नजिककाहरुले बढी लिने भन्नेमै लडाई गरि रहेको छ ।
जनताले तिरो तिरेको पैसामा भ्रष्टाचारको रजगँज को ले गर्ने भन्ने बिषयमा कम्युनिष्ट पार्टी आजका दिन सम्म तिन वर्ष यता प्रधानमन्त्रिको सरकारी निवासमा पार्टीको कार्यालय बनाएर बसेको उनले बताए । यस कारण केपि ओलीको असंवैधानिक र अप्रजातान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस छ । रहि रहने छ । र यसको हामि देशैभर विरोध गर्ने उनले बताए । स्रोत:- रेडियो सुदूरआवाज

























