पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३२ पुगेको छ ।



त्यस्तै आज सोमवार नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित हुनेहरुमध्यमा २५२ जना महिला र ४०७ जना पुरुष रहेका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमित ६ हजार ४२७ जना रहेका छन् ।
Views: 179

























