बझाङ । बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्चागुम्बु सहित हुम्लाका एक युवक पक्राउ परेका छन । सोमबार बझाङबाट नेपालगन्जको लागी उडान हुने समिट एयरको जहाजमा सवार हुने यात्रुलाई चेकजाँच गर्ने क्रममा विमानस्थल सुरक्षागार्ड देवलमा खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका २ का ४३ बर्षीय छिटुप तामाङ्ग रहेका छन । प्रहरीले उनको साथमा रहेको झोलाबाट अवैध यार्चागुम्बु बरामद गरेको हो ।
पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी डिभिजन वन कार्यालयले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद चौधरीले जानकारी दिए ।
Views: 118

























