२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कैलालीको गोदावरी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई १५ हजार भत्ता दिने

– कैलालीको गोदावरी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई १५ हजार भत्ता दिने भएको छ । १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई बार्षीक १५ हजार भत्ता दिने घोषणा गरको हो ।

अत्तरियामा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले नगरपालिका भित्र रहेका प्रत्येक स्वास्थ्य स्वयंसेविकाले बार्षीक १५ हजार भत्ता पाउने बताए ।

‘गत बर्ष हामीले महिला स्वयंसेविकाहरुलाई बार्षिक १२ हजार भत्ता दिने निर्णय गरेका थियौ’ नगरप्रमुख साउँदले भने ‘आगामी बर्ष सबै महिला स्वास्थ्य स्वयंसेविकाले बार्षिक १५ हजार पाउनु हुनेछ ।’

उनले स्वयंसेविकाले सेवाबाट अवकाश पाउँदा ७५ हजार उपलब्ध गराईने बताए । ‘नगरपालिकाको धेरै आयश्रोत छैन तर पनि हामीले तपाईहरुको कामको उच्च मुल्याङ्कन गरेर अवकाश पाउँदा पनि ७५ हजार दिने योजना बताएका छौ’ उनले भने ‘यो योजना हिउँदे अधिवेसनबाट पारीत गरेर लागु हुनेछ ।’

उनले महिला स्वास्थ्य स्वयंसेविकाले सेवाको भावनाले काम गर्ने गरेका भएपनि नगरपालिकाले उनीहरुलाई काम गर्न सहज होस भन्नका लागि सहयोगका कार्यक्रम ल्याएको बताए । उनले महिला स्वयंसेविकाको क्षमता अभिबृद्धिका लागि पनि कार्यक्रम संचालन गरिने बताए ।

हाल गोदावरी नगरपालिकामा १ सय ५ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन । स्वास्थ्य स्वयंसेविका ६० बर्ष उमेर पुगेपछि अवकाश पाउने प्रावधान रहेको छ ।

५ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

यसैबिच १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाले ५ जनालाई सम्मान गरेको छ । सम्मानित हुने महिला स्वास्थ्य स्वयंसेविका गोदावरी नगरपालिका वडा नम्बर ४ की बिस्ना मल्ल, वडा नम्बर ५ की लीलावती राना, वडा नम्बर ८ की जोमती चौधरी, वडा नम्बर ९ की बिमला बोहरा र वडा नम्बर ११ की हरीकला बडैला रहेका छन । उनीहरुलाई नगद २ हजार सहित दोसल्ला ओडाएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा स्वयंसेविका महिलाहरुले गोदावरीन नगरपालिकाले बिभिन्न सेवा प्रदान गरेको भएपनि त्यो प्रयाप्त नभएको गुनासो गरेका थिए । गोदावरी महिला स्वास्थ्य स्वयंसेविकाकी संयोजक जानकी मलासीले आफूहरु जोखिमका बिच काममा खटिएका भएपनि राज्यबाट कुनै सुबिधा नपाएको बताईन् । ‘कोरोना महामारीका बिच पनि हामी टोल–टोलमा गएर स्वास्थ्य सेवा प्रदान गरेका छौ’, उनले भनीन् ‘तर हामीले नगरपालिकाबाट एक पटक बाहेक स्वास्थ्य सुरक्षाका सामाग्री पनि पाएका छैनौ ।’ उनले आफूहरुको राज्यबाट उचित मुल्याङ्कन नभएको बताईन् ।

गोदावरी नगरपालिका १ की स्वास्थ्य स्वयंसेविका लक्ष्मी भण्डारीले गाउँ– गाउँमा सेवा गरे बाफत बर्षको १२ हजार दिएको भएपनि त्यो प्रयाप्त नभएको बताईन् । आफूहरु स्वयंसेविका भएर सेवा गर्ने खटिएकाले धेरै आर्थिक अपेक्षा राख्नु भने गलत हुने बताईन । स्वास्थ्य स्वयंसेविका धना पाठकले गोदावरी नगरपालिकाले यातायात खर्च दिएकाले आफूहरुलाई सहज भएको बताईन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।