दिपकराज भट्ट / डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराले संसद् विघटन असंवैधानिक भएको भन्दै आज (सोमबार) ११ बजे तुफानडाडा चाेक देखि बसपार्क सम्म विरोध -याली तथा सभाको आयोजना गर्ने भएको छ ।



देशका १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध सभा गर्ने कार्यक्रम अन्तरगत डडेल्धुरामा पनि सदरमुकाम मा बिरोध सभाको आयोजना गर्न लागेको हो ।
कार्यक्रम अन्तरगत आज डडेल्धुरामा रहेका पार्टी कार्यालयबाट दिउँसो ११ बजे बिरोध -याली निकाल्ने र उक्त र्याली बसपार्क नजिककाे भिमदत्त शालिक चोकमा पुगी कोण सभामा परिणत हुने डडेल्धुरा नेवि संघका अध्यक्ष हरिश महाराले खबरदारि अनलाइन लाई जानकारी दिनु भयाे ।
उनले संसद विघटन, सर्वसत्तावाद, अधिनायकवाद, एकाधिकारवाद, भ्रष्टाचार र अनियमितता विरुद्ध डडेल्धुरामा बिरोध -याली तथा सभाको आयोजना गर्न लागिएको बताए ।
Views: 103

























