धनगढी- कैलालीमा निषेधाग्या जारी रहेको बेला चारजना जुवाडे अढाई लाख रुपैया सहित पक्राउ परेका छन् ।



उनिहरुलाई धनगढी उपमहानगरपालिका–३ बडहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बडहरामा रतन केसीको निर्माणाधीन घरमा जुवा खेलिरहेका सम्राट सिंह, तिकल अधिकारी, सुमित सिंह र रतन रेग्मीलाई सोमबार साँझ दुई लाख ५० हजार रुपैया सहित पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Views: 167


















