धनगढीः आइतबार घरबाट विद्यालय जान्छु भनि हिडेका कैलालीको गोदावरी नगरपालिकाका २ बालक कञ्चपुरमा फेला परेका छन।



गोदावरी नगरपालिका–२ का दिपक साउँद र प्रकास साउँद मंगलबार महेन्द्रनगर बसपार्कमा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बसपार्कमा भेटिएका दुवै बालकलाई परिवारको जिम्मा लगाइएको जानकारी दिए।
उनीहरुसँगै वेपत्ता भएका गोदावरीकै पुष्कर भट्ट र दिपक बोहराको अवस्था भने अझै अज्ञात छ। उनीहहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
आइतबार विद्यालय जान्छु भनि बिहान ९बजे घरबाट हिडेका उनीहरु विद्यालय नपुगेरै वेपत्ता भएका थिए। साँझसम्म घर नफर्किएपछि बालकहरुका अभिभावकले प्रहरीमा निवेदन दिएका थिए।
Views: 187


















