२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

सुदूरपश्चिममा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

 सुदूरपश्चिम प्रदेशका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ६७ नमूना परीक्षण गर्दा कञ्चनपुरका ४२ र कैलालीका ३१ सहित थप ७४ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १५ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै कैलालीकै लम्किचुहा नगरपालिका र कैलारी गाउँपालिकाका ५÷५ जना, गोदावरी नगरपालिकाका ३ जना, टीकापुर नगरपालिका, गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकाका १÷१ जनामा समेत भाइरसको संक्रमण देखिएको छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका २७ जना, बेदकोट नगरपालिकाका १४ जना, पुनर्वास नगरपालिकाका १ जना र बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै उता वझाङमा गरिएको परिक्षणमा थप ४ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १ सय १ जनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टी भएको अस्पताल श्रोत बताएको छ ।

यस्तै उता अछामको कमल बजार प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४१ जनाको परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टी हुनेमा १ पुरुष र १ महिला रहेको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालमा ६० नमूना परीक्षण गर्दा ८ जना, जिल्ला अस्पताल बैतडीमा ३८ नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार २१ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ५ सय २२ जना डिस्चार्ज भएका छन भने हाल सम्म ४७ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।